कांग्रेस राष्ट्रियसभा दलले के गर्यो निर्णय ?
सारांश
- नेपाली कांग्रेसले राष्ट्रिय सभाका सदस्यहरूसँग परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम गर्यो।
- कार्यक्रममा नयाँ र पुराना सांसदबीच भेटघाट र छलफल भयो, जसमा दुई मुख्य निर्णयहरू लिइयो।
- आगामी दिनमा जनताको भावना अनुसार राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय भूमिका खेल्ने निर्णय गरियो।
काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा दलको आयोजनामा बुधबार राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले दुई निर्णय गरेको छ । बैठकमा पुराना र नयाँ सांसदबिच परिचय र अन्तरक्रियासमेत भएको दलका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
बैठकले दुई निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायाले जानकारी दिए ।
यस्ता छन् दुई निर्णय
१.नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको तर्फबाट मिति २०८२ माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नवनिर्वाचित माननीय सदस्यहरूलाई स्वागत गरियो ।
२.देशको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल गरियो । आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण