बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एन्फा राष्ट्रिय लिग फुटबल : लालीगुराँस र एनआरटीबीचको खेल बराबरीमा

बुधबार, २७ फागुन २०८२, २० : ३०
बुधबार, २७ फागुन २०८२

काठमाडौँ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा लालीगुराँस एशोसिएसन र न्युरोड टिम (एनआरटी)बिचको खेल बराबरमा सकिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको २६औँ मिनेटमा एनआरटीका कप्तान अञ्जन विष्टले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै, खेलको अन्तिम मिनेटमा लालीगुराँसका आशिष गुरुङले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल एक/एक गोलको बराबरीमा सकियो।

यस बराबरीसँगै एनआरटी सातौँ स्थानमै सीमित भएको छ । दश खेलमा एनआरटीले १९ अङ्क जोडेको छ । यता समान १० खेल खेलेको लालीगुराँस २० अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप