एनआरएनएलाई 'फोहोर पोखरी' बाट सङ्लो बनाउन र गुटबन्दी अन्त्य गर्न मेरो उम्मेदवारी : रोविन शेरचन
सारांश
- एनआरएनए अध्यक्ष पदका उम्मेदवार रोविन शेरचनले गुटबन्दी अन्त्य गर्न उम्मेदवारी दिएका हुन्।
- उनले संस्थाभित्र चार गुट रहेको र यसलाई एकीकृत बनाउने प्रतिबद्धता व्यक्त गरे।
- उनले एनआरएनएभित्रको विवादले निराशा छाएको भन्दै एकताको सन्देश दिने बताए।
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार रोविन शेरचनले संस्थाभित्र मौलाएको चरम गुटबन्दी र असमझदारी अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। बुधबार एनआरएनए डेलिगेट्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले संस्थाको बिग्रँदो अवस्थालाई ’टुलुटुलु हेरेर बस्न नसकेपछि’ आफू चुनावी मैदानमा होमिएको प्रष्ट पारेका हुन्।
शेरचनले संस्थाभित्र अहिले स्पष्ट रुपमा गुट सक्रिय रहेको भन्दै चिन्ता व्यक्त गरे। 'अहिले हामी विशेषगरी चार गुटमा छौं– महेश जीको गुट, बद्री जीको गुट, आरके शर्माको गुट र विनोद कुँवरको गुट,'उनले भने, “हामीले जबसम्म यी गुटहरुलाई एकै ठाउँमा ल्याएर सबैको भावना समेट्न सक्दैनौं, तबसम्म यो संस्था बन्दैन। हिजो चार गुट थियो, भोलि यो पाँच–छ गुट हुँदै जाने सम्भावना मैले देखेको छु।'
एनआरएनएभित्रको हालको अवस्थालाई 'फोहोर पोखरी’ को संज्ञा दिँदै उनले आफ्नो उम्मेदवारी सोही पोखरीलाई ’सङ्ल्याउने’ (सफा गर्ने) क्रममा आएको बताए। “संस्थामा भएका धेरै किसिमका असमझदारी र गुटबन्दी अब हुनुहुँदैन। यो फोहोर पोखरीलाई सङ्ल्याउने क्रममा मेरो उम्मेदवारी रहेको छ भनेर बुझिदिनुहोला,' शेरचनले भने।
व्यक्ति–व्यक्ति र संस्थागत रुपमै ठूलो विभाजन आएको महसुस गरेको बताउँदै उनले सम्पूर्ण पक्षलाई मिलाएर संस्थालाई एकीकृत बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको सुनाए।
'यी सबै पक्षलाई मिलाएर, संस्थालाई अझै एकीकृत बनाएर यसको भविष्य उज्ज्वल बनाउने मेरो लक्ष्य हो,' शेरचनले आफ्नो प्रतिबद्धता जाहेर गर्दै भने, 'विश्वभर छरिएर रहेका करिब ८० लाख गैरआवासीय नेपालीहरुको भावना र विचारलाई समेट्दै, सबैलाई एकै ठाउँमा राखेर अगाडि बढ्ने प्रण गर्दछु।'
संस्थाभित्रको विवादले आम गैरआवासीय नेपालीमा निराशा छाएको बेला सबै गुटलाई भत्काएर एकताको सन्देश दिन आफूले नेतृत्व दाबी गरेको उनले डेलिगेट्सहरुमाझ प्रष्ट पारेका छन्। कार्यक्रममा वर्तमान अध्यक्ष महेश श्रेष्ठसहित एनआरएन अभियन्ताहरूको सहभागिता रहेको थियो। एनआरएनएको १२औं महाधिवेशन चैत ३० देखि काठमाडौँमा सुरु हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण