इनिशा हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)
सारांश
- पोखरामा इनिशा विकको हत्याको विरोधमा प्रदर्शन भएको छ, प्रदर्शनकारीहरूले छानबिनको माग गरेका छन्।
- १६ वर्षीया इनिशा विक सुर्खेतको वीरेन्द्रनगरमा मृत फेला परेकी थिइन्, उनी ट्युसन जान घरबाट निस्किएकी थिइन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ, घटना वीरेन्द्रनगर नगरपालिका-४ को सामुदायिक वनमा भएको थियो।
पोखरा । इनिशा हत्या प्रकरणबारे तत्काल छानबिन गर्न माग गर्दै पोखरामा विरोध प्रदर्शन भएको छ । बिहीबार स्वतन्त्र रूपमा भेला भएको समूहले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन र नाराबाजी गरेको हो । उनीहरुले घटनाको तत्काल छानबिन गर्न माग गरेका छन् ।
_AZYdzSWjpf.jpg)
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा विक शनिबार वीरेन्द्रनगरमा अर्धचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
_Hv7IlqTfXb.jpg)
उनी वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका—४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्याइएको थियो ।
सो घटनाबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
_d7d7HE9hW6.jpg)
_brmu3Lqlha.jpg)
_yMvPGoeU4e.jpg)
_U6aib1yJSA.jpg)
_lfkv4E3TLG.jpg)
_EvNITkRBPz.jpg)
_DEriF0Vgtc.jpg)
_Ot0uRBGmqy.jpg)
_vI5Dtu2TVe.jpg)
_gRLjynzzH0.jpg)
_hlHNoMFQWz.jpg)
_q6QuJM7ELj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण