चुनाव हारेको जिम्मा लिन्छु भन्दै थिए कृष्ण थापा, हृदयघातले ज्यानै गुमाए
सारांश
- कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठकमा एमाले नेता कृष्ण थापालाई हृदयघात भयो।
- बैठकमा चुनावको टिकट बाँडफाँड र पार्टीको नतिजालाई लिएर नेतृत्वमाथि प्रश्न उठेको थियो।
- थापाले चुनावी नतिजाको नैतिक जिम्मेवारी लिँदै पार्टीको साधारण सदस्य समेत नरहने बताए।
पोखरा । बिहीबार कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो । बैठक सकेर सबै बाहिरिएका थिए । जिल्ला सचिव दर्शन लामाका अनुसार बैठक सकिएर थप कुराकानी गरिरहेको क्रममा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको हो ।
के भएको थियो बैठकमा ?
पार्टी कार्यालयभित्र आयोजित बैठकमा नेता तथा कार्यकर्ताहरूले चुनावको टिकट बाँडफाँड र पार्टीको नतिजालाई लिएर नेतृत्वमाथि प्रश्न उठाइरहेका थिए । विशेष गरी चुनावमा एमाले नेता थापाको गतिविधि र भूमिकाबारे बैठकमा प्रश्नहरू उठेका थिए । सबैको कुरा सुनिसकेपछि नेता थापाले बैठकलाई सम्बोधन गरे ।
उनले अत्यन्तै सन्तुलित रूपमा कार्यकर्ताका प्रश्नको जवाफ दिए । बैठकमा सँगै रहेका प्रत्यक्षदर्शी तथा एमाले नेता टिकाराम पङ्गेनीका अनुसार सम्बोधनका क्रममा थापाले चुनावी नतिजाको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए ।
‘मलाई पार्टीले टिकट दिएको हो । पछि खोसिएको पनि हो । तर पार्टीले सर्मनाक हार व्यहोर्यो । म उठेका सबै कुराको जवाफ दिन तयार छु,’ थापाको सम्बोधनलाई उद्धृत गर्दै पंगेनीले भने, ‘अहिलेको परिणामप्रति मैले जिम्मा लिनुपर्छ । म पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरे पनि भोग्न तयार छु ।’ उनले आफ्नो मन्तव्य सके र सबैलाई धन्यवाद दिए । बैठक औपचारिक रूपमा सकियो ।
बैठक सकिए लगत्तै नेता पङ्गेनी मञ्चमा पुगेर थापासँग हात मिलाउँदै थिए । सँगै बसेर कुराकानी गर्दागर्दै एक्कासि थापाको घाँटीबाट घुरेको अस्वाभाविक आवाज आयो । पंगेनीले भने– ‘हात मिलाउने बेलामा एक्कासि उहाँबाट घुरेको आवाज आयो । मैले शङ्का गरिहालेँ । जुत्ता खोलिदिएँ र तुरुन्तै गाडी मगायौँ । स्थिति अस्वाभाविक देखिने बित्तिकै गाडीमा राखी उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो ।’
उनका अनुसार, ९ मिनेटकै अन्तरमा उनलाई अस्पताल पुर्याइएको थियो । ‘उहाँले निकै सन्तुलित रूपमै आफ्ना कुरा राख्नुभएको थियो,’ पंगेनीले सम्झिए, ‘अन्तिममा हात मिलाउने बेलामै यस्तो दुःखद घटना भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण