कैलाली प्राइड लिग : भीमदत्त र परशुरामको विजयी सुरुवात
धनगढी । कैलाली प्राइड लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहिवारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज दुई खेलहरू सम्पन्न भएका छन्।जसमा भीमदत्त नगरपालिका र परशुराम नगरपालिकाले आ–आफ्नो खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेका छन् ।
आज बिहान १० भएको उद्घाटन खेलमा भीमदत्त नगरपालिकाले पुनर्वास नगरपालिकालाई ३६ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको भीमदत्तले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। भीमदत्तका लागि नरेन्द्र रानाले ३५ रन र किरण ठगुन्नाले २० रनको योगदान दिए। बलिङतर्फ पुनर्वासका भरत चन्दले घातक बलिङ गर्दै ५ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् ।
१५४ रनको लक्ष्य पछ्याएको पुनर्वास नगरपालिका १८.१ ओभरमा ११७ रनमै अलआउट भयो। भीमदत्तका प्रकाश थापाले ४ विकेट र किरण चन्दले ३ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे ।
आजै दिउँसो भएको दोस्रो खेलमा परशुराम नगरपालिकाले गोदावरी नगरपालिकालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको गोदावरी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। गोदावरीका लागि आयुष खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ५० रनको अर्धशतकीय पारी खेले। त्यस्तै, आकाश विष्टले २८ र कैलाश बीकेले नटआउट २४ रन बनाए। परशुरामका बलर अर्जुन बीकेले ४ ओभरमा मात्र ११ रन खर्चेर ३ विकेट लिए ।
१२३ रनको लक्ष्य पछ्याएको परशुराम नगरपालिकाले १७.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। परशुरामको जितमा राज बीकेले ३८ रन र दान ठगुन्नाले २७ रनको महत्त्वपूर्ण योगदान दिए। गोदावरीका अभिशेक कोइराला र आयुष सिंहले समान २–२ विकेट लिए पनि हार टार्न पर्याप्त भएन ।
यससँगै भीमदत्त र परशुराम नगरपालिकाले लिगमा विजयी सुरुवात गर्दै अंक तालिकामा २–२ अंक जोडेका छन्। भोलि पनि लिग अन्तर्गतका अन्य खेलहरू सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण