नाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा पदभार ग्रहण, तीन सदस्य मनोनीत
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विधिवत रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । फागुन २८ गते सोमबार बसेको नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपछि बोल्दै अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य र विधान अनुरूप संस्थालाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास र सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष करण चौधरीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै उप्रेतीको नेतृत्वमा नाडा र समग्र अटोमोबाइल क्षेत्रको उत्थानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडाको तीन जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् । मनोनीत हुनेहरूमा महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी रहेका छन् ।
नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै अन्य पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आगामी दिनमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण र नीतिगत सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रेस विज्ञप्ति मार्फत जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण