‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जुनसुकै स्वास्थ्य सेवा एवं बिरामीको उपचारमा अस्पतालले दिएको सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनुपर्ने बताएकी छन् ।
विश्व मिर्गाैला दिवस–२०२६ को अवसरमा बिहीबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री डा.गौतमले बिरामीको उपचार सेवा सहज रुपमा पाउनुपर्ने बताइन् । उनले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियान सकारात्मक रहेको चर्चा गर्दै केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गरिरहेको बताइन्।
मिर्गाैला रोगका बारेमा सर्वसाधारणमा प्रभावकारी जनचेतना पुग्न सके नागरिकबाट सकारात्मक भूमिका निर्वाह हुने उल्लेख गर्दै मन्त्री डा गौतमले केन्द्रले देशभरि सञ्चालन गरेको अभियानलाई विस्तार गर्नुपर्ने बताइन्।
उनले भनिन्, “अङ्ग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु अरु स्वस्थ्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन, उनीहरु हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन् भन्ने जनचेतना आमनागरिकमा पुर्याउन सके अङ्गदान तथा अङ्ग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।”
अस्पतालकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले विश्वभरि नै मिर्गाैला रोगको प्रकोप बढीरहेकाले रोगको पहिचान तथा उपचार र रोकथामका उपायबारे सबैलाई सचेत गराउन केन्द्र लागि परेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण