स्पेनमा ‘नेपाल घर’ बनाउन महायज्ञ हुने, वाचन शिरोमणि दीनबन्धु पोखरेल आउने
सारांश
- बार्सिलोनामा बसोबास गर्ने नेपालीहरूले साझा पहिचान र संस्कृतिको जगेर्ना गर्न 'नेपाल घर' निर्माण अभियान थालेका छन्।
- आर्थिक सहयोग जुटाउन आगामी अप्रिलमा पाँच दिने 'ऐतिहासिक स्पेन आध्यात्मिक महोत्सव' आयोजना हुने भएको छ।
- महोत्सवमा पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् र वेद तथा बुद्ध दर्शनमा आधारित प्रवचन हुनेछ।
बार्सिलोना । स्पेनको बार्सिलोनामा बसोबास गर्ने नेपालीहरूले आफ्नो साझा पहिचान र संस्कृतिको जगेर्ना गर्न ‘नेपाल घर’ निर्माण अभियान सुरु गरेका छन्। यसै अभियानलाई आर्थिक रूपमा सहयोग जुटाउने उद्देश्यले आगामी अप्रिलमा पाँच दिने ‘ऐतिहासिक स्पेन आध्यात्मिक महोत्सव’ आयोजना हुने भएको छ।
अप्रिल ५ देखि ९ तारिखसम्म चल्ने उक्त महोत्सवमा नेपालका प्रख्यात वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। बार्सिलोनास्थित 'सालोन एल प्रादो' मा आयोजना हुने यस विशेष कार्यक्रममा वेद र बुद्धका दर्शनमा आधारित प्रवचनका साथै भजन कीर्तन प्रस्तुत गरिने आयोजकले जनाएका छन्।
स्पेनमा नेपालीहरूको संख्या बढ्दै गए पनि आफ्नो मौलिक कला, धर्म र संस्कृति झल्काउने साझा थलोको अभाव महसुस भएपछि यो कदम चालिएको हो। विशेष गरी नयाँ पुस्तालाई नेपाली संस्कारसँग जोड्न र प्रवासमा आफ्नो गौरवलाई जीवन्त राख्न 'नेपाल घर' निर्माणको लक्ष्य लिइएको आयोजकको विज्ञप्तिमा उल्लेख छ।
पाँच दिनसम्म चल्ने यो आध्यात्मिक उत्सव हरेक दिन बिहान ११ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। पण्डित पोखरेलको उपस्थितिले यस कार्यक्रमलाई स्पेनकै अहिलेसम्मको ठूलो आध्यात्मिक भेलाका रूपमा हेरिएको छ। आयोजकले स्पेनका विभिन्न सहरमा रहेका सम्पूर्ण नेपालीहरूलाई यस पवित्र कार्यमा सहभागी भई अभियान सफल बनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण