जन्तीको भीडमा स्कारपियोले ठक्कर दिँदा १ जनाको मृत्यु, ११ जना घाइते
सारांश
- सर्लाहीको बरहथवामा स्कारपियो गाडीले जन्तीको भीडमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ११ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ र अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरीले स्कारपियो चालक र गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित सितापुरमा स्कारपियो गाडीले जन्तीकाे भीडमा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको DL9CZO777 नम्बरको स्कारपियोले विवाहमा सहभागी जन्तीलाई ठक्कर दिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले रातोपाटीलाई बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका–९ का करिब ५० वर्षीय नारायण जर्गामगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो । तर उपचारकै क्रममा साँझ करिब ८ बजे उनको मृत्यु भएको हो ।
दुर्घटनामा रौतहट र सर्लाहीका ११ जना घाइते भएका छन् । घाइतेमध्ये रौतहटको दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेलको टाउकोमा गम्भीर चोट लागेको छ भने गढीमाई नगरपालिका–११ की ४५ वर्षीया बन्धना पटेल बेहोस अवस्थामा उपचाररत छिन्।
त्यसैगरी, बरहथवा–१० का रुपेश मण्डल (१८), प्रतिमा कुमारी पटेल (१५), दिलिप राय (१९), चन्दन पासवान (२३), दीपिका जैसवाल (१२), रामजी राय (२०), मुकेश राउत (२३), रामनारायण ठाकुर (५५) र गुलाबकुमारी मण्डल (४५) पनि घाइते भएका छन् ।
घाइतेहरूको बरहथवास्थित हनुमन्त नगर तथा एडभान्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले स्कारपियो गाडी र चालक बरहथवा नगरपालिका–१२ लौकठका नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण