कोलकाता नाइट राइडर्समा ब्लेसिङ मुजरबानी अनुबन्ध
सारांश
- कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ को सिजनको लागि जिम्बावेका बलर ब्लेसिङ मुजरबानीलाई अनुबन्ध गरेको छ।
- मुजरबानीले टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए, जसले उनलाई फ्रेन्चाइजीहरूको ध्यान आकर्षित गर्यो।
- ६ फिट ८ इन्च अग्ला मुजरबानीको आगमनले कोलकाताको बलिङ आक्रमणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सिजन सुरु हुनुअघि कोलकाता नाइट राइडर्सले आफ्नो टोलीलाई थप मजबुत बनाउन जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजरबानीलाई अनुबन्ध गरेको छ। फ्रेन्चाइजीले शुक्रबार आधिकारिक रूपमा २९ वर्षीय यी बलरलाई टोलीमा भित्र्याएको जानकारी दिएको हो।
मुजरबानीले हालै सम्पन्न टी-२० विश्वकपमा जिम्बावेको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए, जसले उनको टोलीलाई सुपर-८ चरणसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। विश्वकपमा आफ्नो टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेपछि उनले विश्वभरका फ्रेन्चाइजीहरूको ध्यान खिच्न सफल भएका थिए।
६ फिट ८ इन्च उचाइ भएका यी दाहिने हाते बलरको आगमनले कोलकाताको तीव्र गतिको बलिङ आक्रमणलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। विशेषगरी आफ्नो उचाइ र गतिको मिश्रणबाट प्राप्त हुने अतिरिक्त बाउन्सका कारण मुजरबानी विपक्षी ब्याटरहरूका लागि सधैँ चुनौतीपूर्ण साबित हुँदै आएका छन्।
टी-२० फर्म्याटमा विकेट लिन सिपालु मानिने उनीसँग अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव छ। उनले अहिलेसम्म ८९ टी-२० अन्तर्राष्ट्रिय खेलमा २१ को औसतले १०६ विकेट लिइसकेका छन्, जसमा १७ रन दिएर ४ विकेट लिनु उनको सर्वश्रेष्ठ प्रदर्शन हो।
मुजरबानीले पहिलो पटक आईपीएलको मैदानमा ओर्लिने अवसर पाउनेछन्। यद्यपि उनी यसअघि पनि आईपीएलको हिस्सा बनिसकेका थिए, तर उनले कुनै पनि खेल खेल्ने मौका पाएका थिएनन्।
गत वर्ष रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले लुंगी एनगिडीको स्थानमा उनलाई सिजनको अन्तिमतिर टोलीमा समावेश गरेको थियो। तर, एनगिडी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका कारण बाहिरिए पनि मुजरबानीले बेंगलुरुको प्लेइङ-११ मा स्थान बनाउन सकेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण