तीन अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी
तेल अविव/तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को नौसेनाले तीन अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीका नौसेना प्रमुख एडमिरल अलिरेजा तंगसीरीले आक्रमणमा अबुधाबीको अल–धफरा एयरबेस र बहराइनको शेख ईसा एयरबेसलाई निशाना बनाइएको बताएका छन् ।तंगसीरीका भनाइमा प्याट्रियट राडार प्रणाली, सैन्य विमान र विमानका इन्धन भण्डारण ट्याङ्कीहरूमाथि आक्रमण भएका थिए । यद्यपि, यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
यसैबिच अमेरिकाले इरानका थप केही टापुहरूमाथि सैन्य कारबाही गर्न सक्ने बताएको छ । खार्ग टापुलाई यसअघि नै निशाना बनाइसकेको छ । अल जजिराको रिपोर्टअनुसार अर्को निशाना अबु मुसा टापु हुन सक्नेछ ।
अमेरिकी सेनाले खार्ग टापुमा आक्रमणको भिडियो सार्वजनिक पनि गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यो व्यापक र सटीक आक्रमण थियो । खार्ग टापु इरानको तेल निर्यातको प्रमुख केन्द्र हो । युद्धअघि इरानको कुल कच्चा तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा यसै टापुबाट हुने गर्दथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण