बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मासिक राशिफल

कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल

आइतबार, ०१ चैत २०८२, ०० : ३६
आइतबार, ०१ चैत २०८२

सारांश

  • चैत्र महिनाको राशिफल अनुसार, विभिन्न राशिका व्यक्तिहरूको लागि ग्रहहरूको स्थिति विश्लेषण गरिएको छ।
  • मेष राशिका लागि स्वास्थ्य र आर्थिक उतारचढावको सम्भावना, वृषका लागि समय उत्तम रहेको र नोकरीमा प्रवेसको योग।
  • कर्कट र सिंह राशिका लागि स्वास्थ्य समस्या र आर्थिक मन्दीको संकेत, कन्याका लागि भने काम बन्ने संकेत।

२०८२ चैत्र महिनाको राशिफल ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध लाभ भावमा । शुक्र ११ गतेसम्म खर्च भावमा र १२ गतेबाट राशिमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा । मङ्गल १९ गतेसम्म लाभ भावमा र २० गतेबाट खर्च भावमा । राहु लाभ भावमा र केतु विद्या भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । महिनाको सुरुमा खर्च भावमा गोचर गर्ने शुक्रले बिलासी सामानको किनमेलमा रुपैयाँ पैसा खर्च हुनेछ भने महिनाको अन्ततिर खर्च भावमा गोचर गर्ने मङ्गलको प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु पर्नेछ । शनिको आद्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । तर पनि अन्य ग्रहको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । पराक्रम भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल गोचरका कारण स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा विकास बजेट खर्च गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी सूर्य लाभ भावमा । बुध राज्य भावमा । शुक्र ११ गतेसम्म लाभ भावमा र १२ गतेबाट खर्च भावमा । बृहस्पति र शनि क्रमशः धन भावमा र लाभ भावमा । मङ्गल १९ गतेसम्म राज्य भावमा र २० गतेबाट लाभ भावमा । राहु राज्य भावमा र केतु सुख भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना वृष राशि हुनेहरूका समय उत्तम रहेको छ । नोकरीमा प्रवेश पार्ईने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बृहस्पी, बुध तथा राहुको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । लाभ भावमा शनिको शुभ गोचरका कारण सवारी साधनको मर्मत तथा खरिद बिक्री गर्नेहरूका लागी समय शुभ रहनेछ ।भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको छ । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । तर पनि सुख भावमा गोचर गर्ने केतुको प्रतिकुल प्रभावले आमा वा आफन्तको स्वास्थ्यमा समस्या आउन सक्छ । सवारी  साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घरजग्गाको कारोबार गर्नेहरूले मन्दीको सामान गर्नुपर्ने हुन सक्छ । 
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य राज्य भावमा । बुध भाग्य भावमा । शुक्र ११ गतेसम्म राज्य भावमा र १२ गतेबाट लाभ भावमा । बृहस्पति र शनि क्रमशः राशिमा र राज्य भावमा । मङ्गल १९ गतेसम्म भाग्य भावमा र २० गतेबाट राज्य भावमा । राहु भाग्य भावमा र केतु पराक्रम भावमा गोचर गरिरहेका छन् । मिथुन राशि हुनेहरूका लागी यो महिना शुभ रहेको छ । ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा राज्य भावमा गोचर गर्ने ग्रहहरूको अनुकूलताले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाका व्यापार महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । अनलाइन व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्न पाइनेछ ।  शुभ तथा माङ्गलिक काम सहभागी हुन पाउँदा मन प्रसन्न रहनेछ । भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ ।  विद्या तथा प्रतिस्पर्धामा विद्यार्थीवर्गहरुले आफ्नो प्रतिस्पर्धी हरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ  । प्रेममा थप सामिप्यता बढ्ने वा प्रेम सम्बन्धलाई विवाह गरी घरजम गर्ने सहमति प्राप्त हुनेछ । भाग्य भावमा महिनाभर नै गोचर गर्ने बुधको प्रभावले लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । अग्रज वा दिग्गज व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । काम वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । फिल्मी तथा मनोरञ्जनको क्षेत्रमा रुपैयाँ पैसा खर्च गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  कर्कट राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा । बुध कष्ट भावमा । शुक्र ११ गतेसम्म भाग्य भावमा र १२ गतेबाट राज्य भावमा । बृहस्पति र शनि क्रमशः खर्च र भाग्य भावमा । मङ्गल १९ गतेसम्म कष्ट भावमा र २० गतेबाट भाग्य भावमा । राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिरहेका छन् । समय मध्यम रहेको छ । ग्रहहरूको प्रतिकुलताले कामहरू समयमा सम्पादन नहुनाले आर्थिक मन्दीको सामना गर्नु पर्नेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रबाट न्यून आम्दानी हुनेछ । राज्यको नजिक रही काम गर्नेहरूका लागी समय अनुकूल नहुन सक्छ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दुर्गम स्थानमा स्थानान्तरण हुन सक्छ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ । लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । विदेश पटाइदिन्छु भनी बिचौलियाले रुपैयाँ पैसा खाइदिन सक्छन् । स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । ठुलो घाउ चोट लाग्ने वा अप्रेसन बिग्रन सक्छ ध्यान दिनुहोला । तर पनि बुध तथा शुक्र ग्रहको अनुकूल प्रभावले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ ।  सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा । बुध व्यापार भावमा । शुक्र ११ गतेसम्म कष्ट भावमा र १२ गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः लाभ र कष्ट भावमा । मङ्गल १९ गतेसम्म व्यापार भावमा र २० गतेबाट कष्ट भावमा । राहु व्यापार भावमा र केतु राशिमा गोचर गरिरहेका छन् । सिंह राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । महिनाको तेस्रो साताबाट कष्ट भावमा मङ्गलको गोचरको कारण शरीरमा घाउ, चोट लाग्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ । काम वा अध्ययनमा बाधा पुर्याउनेहरु सक्रिय हुनेछन् । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । पतिपत्नी बिचको सम्बन्धमा दरार पैदा हुनेछ । रुपैयाँ पैसा फस्न सक्छ ध्यान दिनुहोला । महिना भरि नै शनिको अढैयाको प्रभावले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ ।  खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । तर पनि वृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।  
  • कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा । बुध प्रतिस्पर्धा भावमा । शुक्र ११ गतेसम्म व्यापार भावमा र १२ गतेबाट कष्ट भावमा । बृहस्पति र शनि क्रमशः राज्य र व्यापार भावमा । मङ्गल १९ गतेसम्म प्रतिस्पर्धा भावमा र २० गतेबाट व्यापार भावमा । राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिरहेका छन् । यो महिना बुध, शुक्र, मङ्गल र वृहस्पति र शनिको अनुकूल गोचरको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सहमति जुटाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ । कन्स्ट्रक्सन तथा सवारी साधनको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ । लामो  समयदेखिको किचलो वा मुद्दाबाट छुटकारा पाइनेछ । धार्मिक क्षेत्रको भ्रमण हुने तथा धर्म संस्कृतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । तर पनि व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमनस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । खर्च भावमा केतुको गोचरले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । आँखा सम्बन्धी समस्या आउनेछ । वैदेशिक काममा ढिला सुस्ती वा रुपैयाँ फस्न सक्छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध विद्या भावमा । शुक्र ११ गतेसम्म प्रतिस्पर्धा भावमा र १२ गतेबाट व्यापार भावमा । बृहस्पति र शनि क्रमशः भाग्य र प्रतिस्पर्धा भावमा । मङ्गल १९ गतेसम्म विद्या भावमा र २० गतेबाट प्रतिस्पर्धा भावमा । राहु विद्या भावमा र केतु लाभ भावमा गोचर गरिहरेका छन् । तुला राशि भएका व्यक्तिहरुका लागि यो महिना शुभ फल प्राप्त हुनेछ रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुनेछ । राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरूले प्रशस्त धन तथा सम्पत्ति सङ्ग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । ठेक्कापट्टा, कन्स्ट्रक्सन, निर्माण सामाग्री, औषधीजन्य सामान तथा अटोपार्टसको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । मङ्गलको शुभ प्रभावले सुरक्षा संयन्त्रको क्षेत्रमा जागिर पाइने वा बढुवा हुने योग रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ र, पनि विद्या भावमा राहुको गोचरले काम  वा व्यवसायमा ठुलो रकम फस्न सक्छ । ऋण, रोग, तथा शत्रुको सामना गर्नुपर्ने तथा परिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार बढ्न सक्छ  । रुपैयाँ वा पैसा चोरी हुने प्रबल सम्भावना रहेको छ । कठोर वाणीको कारण आफन्त तथा कुटुम्बहरू टाडिन सक्छन् । सन्तानसँग सामान्य मतभेद रहनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य विद्या भावमा । बुध सुख भावमा । शुक्र ११ गतेसम्म विद्या भावमा र १२ गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति र शनि क्रमशः कष्ट र सन्तान भावमा । मङ्गल १९ गतेसम्म सुख भावमा र २० गतेबाट विद्या  भावमा । राहु सुख भावमा र केतु राज्य भावमा गोचर गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना वृश्चिक राशि हुनेहरूका लागी मिश्रित समय रहेको छ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्य शनिको प्रतिकुल प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सवारी साधन र निर्माण सामाग्रीको प्रयोग गर्दा ध्यान दिनुहोला । घरजग्गा सम्बन्धी विवाद सिर्जना हुनेछ । दिर्घरोगि जस्तै सुगर, प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरूले ख्याल गर्नुहोला । सुख भावमा राहुको अशुभ गोचरको कारण सवारी साधनमा क्षति हुने तथा शत्रुको भए रहनेछ । कष्ट भावमा वृहस्पतिको गोचरले ठुला काम वा योजनाहरूमा रुपैयाँ पैसा लगानी नगर्नुहोला फस्न सक्छ । तर पनि महिनाभर नै बुध तथा शुक्रको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिठ्ठा प्राप्तिको गतिलो योग रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ ।  अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । सञ्चार जगत, स्टक एक्सेञ्ज,  व्यापार, साहित्य र चलचित्र क्षेत्रमा काम गर्नेहरूका लागि यो महिना उत्तम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध पराक्रम भावमा । शुक्र ११ गतेसम्म सुख भावमा र १२ गतेबाट विद्या भावमा । बृहस्पति र शनि क्रमशः व्यापार र सुख भावमा । मङ्गल १९ गतेसम्म पराक्रम भावमा र २० गतेबाट सुख भावमा । राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिरहेका छन् । सुख भावमा महिनाभर सूर्य र शनिको प्रतिकुल प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । शनिक  प्रभावले उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । सवारी साधनमा बारम्बार आउने समस्याले दिग्दार बनाउनेछ । त्यस्तै महिनाको अन्तमा सुख भावमा मङ्गलको प्रतिकुल गोचरको कारण यात्रा गर्दा दुर्घटना हुने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला । तर पनि बुध, शुक्र, बृहस्पतिको अनुकूल प्रभावले नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । निर्माण सामाग्री, अटो पार्टस् तथा कन्ट्रक्सनको क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ ।  परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध धन भावमा । शुक्र ११ गतेसम्म पराक्रम भावमा र १२ गतेबाट सुख भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा र पराक्रम भावमा । मङ्गल १९ गतेसम्म धन भावमा र २० गतेबाट पराक्रम भावमा । राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । ठेक्कापट्टा, प्राकृतिक स्रोत साधनको प्रयोग, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । तर पनि राहु र केतु प्रतिकुल हुनाले लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । चोटपटक तथा दुर्घटनाको भए रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य धन भावमा । बुध राशिमा । शुक्र ११ गतेसम्म धन भावमा र १२ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः विद्या र धन भावमा । मङ्गल १९ गतेसम्म राशिमा र २० गतेबाट धन भावमा । राहु राशिमा र केतु व्यापार भावमा गोचर गरिहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । महिना भरिनै शनिको अन्त्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ ।  खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । महिनाभर व्यापार भावमा केतुको गोचर अशुभ रहनाले साझेदारहरू बिच राय बाजीनेछ । पति पत्नी बिच घरायसी कुरामा असमझदारी बढ्नेछ । तर पनि शुक्र, बुध, र बृहस्पतिको अनुकूल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।  प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी सूर्य राशिमा भावमा । बुध खर्च भावमा । शुक्र ११ गतेसम्म राशिमा र १२ गतेबाट धन भावमा । बृहस्पति र शनि क्रमशः सुख र राशिमा । मङ्गल १९ गतेसम्म खर्च भावमा र २० गतेबाट राशिमा । राहु खर्च र केतु प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना मीन राशि हुनेहरूका लागी समय मध्यम रहेको छ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । शनिको मध्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी स्वास्थ्यमा विशेष गरी उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । राहुको प्रतिकुल प्रभावका कारण आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । तर पनि बुध, शुक्र, वृहस्पति, र केतुको अनुकूल प्रभावले प्रभावले परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन  सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप