रियल मड्रिडको शानदार जित, एल्चे ४–१ गोल अन्तरले पराजित
सारांश
- रियल मड्रिडले आइतबार ला लिगामा एल्चेलाई ४-१ ले पराजित गर्यो।
- एन्टोनिओ रुडिगरले पहिलो गोल गरे भने फेडेरिको भाल्भर्डेले दोस्रो गोल थपे।
- खेलमा युवा स्टार अर्दा गुलेरले उत्कृष्ट गोल गरेर रियलको जित सुनिश्चित गरे।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले एल्चेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको उक्त खेलमा रियल मड्रिडले सुरुदेखि नै बलियो पकड बनाएको थियो ।
रियल मड्रिडको जितमा एन्टोनिओ रुडिगरले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा फेडेरिको भाल्भर्डेले दोस्रो गोल गरेपछि रियल २–० ले अघि बढ्यो ।
दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको रियलका लागि ६६ औँ मिनेटमा डिन ह्युसेनले तेस्रो गोल थपे । खेलको ८५ औँ मिनेटमा म्यानुएल एन्जेलबाट आत्मघाती गोल हुँदा एल्चेले एक गोलको सान्त्वना उपहार पाएको थियो । तर, खेलको अन्त्यतिर ८९ औँ मिनेटमा युवा स्टार अर्दा गुलेरले उत्कृष्ट गोल गर्दै रियल मड्रिडको ४–१ को सानदार जित सुनिश्चित गरे ।
यो जितसँगै रियल मड्रिडले लिग तालिकामा महत्त्वपूर्ण ३ अङ्क थप्दै आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण