अपडेट
७० लाख रुपैयाँ घुस लिएको आरोपमा तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध मुद्दा दायर
आइतबार, ०१ चैत २०८२, १७ : ११
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा अधिकारीविरुद्ध ७० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अधिकारीले सो रकम विकास चापागाई, देवेन्द्र केसी र रवीन्द्र लामिछाने लगायतसँग मिलेर उनीहरूको बैंक खातामा राखेर घरजग्गा कारोबारमा प्रयोग गरेको समेत आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण