मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सर्‍यो जनमत पार्टीको महाधिवेशन

आइतबार, ०१ चैत २०८२, १८ : ४४
आइतबार, ०१ चैत २०८२

काठमाडौँ । जनमत पार्टीले महाधिवेशनको मिति सारेको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मिति सार्ने निर्णय गरेको हो । यसअघि चैत २० र २१ गते गर्ने महाधिवेशन गर्ने तय गरिएको थियो । जनमत पार्टीका महासचिव चन्दन सिंहका अनुसार महाधिवेशन २०८३ असोज ९ र १० गते हुने निर्णय भएको छ । 

पार्टीले संगठन सुदृढीकरण र निर्वाचन समीक्षालाई ध्यानमा राख्दै महाधिवेशनको मिति परिवर्तन गरेको उनले बताए । 

बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विस्तृत समीक्षा गर्ने निर्णय गरेको छ। सोअनुसार क्षेत्रीयस्तरमा चैत ७ गतेसम्म बैठक बसी चुनावको समीक्षा गरी लिखित प्रतिवेदन तयार पारेर केन्द्रीय सचिवालयमा पठाउने व्यवस्था गरिएको महासचिव चन्दन सिंहले जानकारी दिए । 

त्यसैगरी पार्टी संगठन सुदृढ गर्न देशभरका जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने निर्णय पनि गरिएको छ । जिल्ला समन्वय समितिका सदस्यमध्येबाट बढीमा ७ जना सम्म रहने गरी चैत १४ गतेसम्म भौतिक बैठकमार्फत पदाधिकारी चयन गरिनेछ । उक्त प्रक्रिया केन्द्रीय सचिवालयबाट खटाइएका प्रतिनिधिको उपस्थितिमा सम्पन्न गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप