राफिन्हाको सानदार ह्याट्रिकमा सेभिल्लामाथि बार्सिलोनाको फराकिलो जित
आइतबार, ०१ चैत २०८२, २३ : ०४
सारांश
- आइतबारको खेलमा बार्सिलोनाले सेभिल्लालाई ५-२ गोल अन्तरले पराजित गर्यो।
- बार्सिलोनाका राफिन्हाले ह्याट्रिक गरे, जसमा दुई गोल पेनाल्टीबाट थिए।
- सेभिल्लाका लागि ओसो र जिब्रिल सोले गोल गरे, तर टोली हारबाट जोगिन सकेन।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि ५–२ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । बार्सिलोनाको यस जितमा स्टार खेलाडी राफिन्हाले उत्कृष्ट ह्याट्रिक पूरा गरे ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन राफिन्हाले खेलको ९ औँ, २१ औँ र ५१ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनले सुरुवाती दुई गोल पेनाल्टीमार्फत गरेका थिए । बार्सिलोनाका लागि अन्य गोलहरू ड्यानी ओल्मोले ३८ औँ मिनेटमा र जोआओ क्यान्सेलोले ६० औँ मिनेटमा गरे ।
यता, पराजित टोली सेभिल्लाका लागि ओसोले पहिलो हाफको इन्जुरी समयमा एक गोल गरे भने जिब्रिल सोले खेलको अन्तिम समयमा अर्को सान्त्वना गोल थपे ।
बार्सिलोनाले खेलभरि आफ्नो दबाब कायम राख्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण