कलाकार दीपकराज गिरी भन्छन्– संसदमा महिला र दलितको प्रतिनिधित्वको श्रेय जनयुद्धलाई जान्छ
सारांश
- कलाकार दीपकराज गिरीले वर्तमान राजनीतिक परिवर्तन र समावेशी प्रतिनिधित्वको श्रेय माओवादी जनयुद्धलाई दिए।
- उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै इतिहासलाई सम्मान नगरे वर्तमान कमजोर हुने बताए।
- गिरीले संसदमा महिला, दलित, र उत्पीडित वर्गको प्रतिनिधित्वको श्रेय माओवादी जनयुद्धलाई दिएका हुन्।
काठमाडौँ । कलाकार दीपकराज गिरीले मुलुकको वर्तमान राजनीतिक परिवर्तन र संसदमा देखिएको समावेशी प्रतिनिधित्वको मुख्य श्रेय माओवादी जनयुद्धलाई जाने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
उनी लेख्छन्– ‘आजको यो परिवर्तन । संसदमा यत्रा महिलाहरू दलित, उत्पीडित वर्गको प्रतिनिधित्व । यसको श्रेयचाहिँ माओवादी जनयुद्धलाई नै जान्छ ।’
इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुने तक गर्दै गिरी अगाडि लेख्छन्– ‘इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ । शुभ प्रभात ।’
पछिल्लो समय नेपालको संसदीय राजनीतिमा महिला, दलित, जनजाति र पिछडिएका वर्गको उपस्थिति अनिवार्य र बाक्लो बन्दै गएको छ । यो उपलब्धिमा विभिन्न राजनीतिक आन्दोलनहरूको भूमिका रहे पनि कलाकार गिरीले विशेष गरी माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धले नै यसको जग बसालेको भन्दै प्रशंसा गरेका हुन् ।
उनको यो धारणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण