सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी, तस्बिरहरू
सारांश
- जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
- अलायन्सले सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
- आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिन आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरिएको छ।
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ । अलायन्सले सोमबार काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको हो ।
_L7zRGVd3SJ.jpg)
आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले अलायन्सले बिहान ११ बजेदेखि आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेको छ । अलायन्सले गुपचुप राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने अडान राखेको छ । साथै, मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने माग समेत अघि सारेको छ ।
_HOX8PJPvY5.jpg)
सरकारको कदमप्रति आपत्ति जनाउँदै अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हामीसँग गरेको सहमतिको बर्खिलाप गर्दै अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना आसेपासेलाई नियुक्ति दिनु घोर आपत्तिजनक छ । राज्यका निकायहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने पुरानै प्रवृत्ति दोहोरिनु जनता र जेनजी जनआन्दोलनमाथिको कुठाराघात हो ।’
_5t9kmdATKz.jpg)
_uT63EX331j.jpg)
_O6vSFRJpGz.jpg)
_Ac00prnMri.jpg)
_j5W2snrr3t.jpg)
_enFZfP3zX2.jpg)
_mCXR7ogRDI.jpg)
_haMIwSioWI.jpg)
_KhrUoZ7LsC.jpg)
_cl8rNmaI6g.jpg)
_7MKYbapY6J.jpg)
_MRhCXI8ssZ.jpg)
_VZ6tRCfoIe.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण