ओस्कार अवार्डमा वान ब्याटल आफ्टर अनदरको दबदबा, जोर्डन र बक्ली उत्कृष्ट
सारांश
- ओस्कार अवार्डको ९८औँ संस्करणमा 'वान ब्याटल आफ्टर अनदर' ले उत्कृष्ट फिल्म र निर्देशक सहित ६ विधामा अवार्ड जित्यो।
- जेसी बक्लीले उत्कृष्ट अभिनेत्री र माइकल बी जोर्डनले उत्कृष्ट अभिनेताको अवार्ड जिते, 'सिनर्स' ले पनि राम्रो प्रदर्शन गर्यो।
- 'के-पप डेमन हन्टर्स' उत्कृष्ट एनिमेटेड फिल्म र 'सेन्टिमेन्टल भ्यालु' ले अन्तर्राष्ट्रिय फिचर फिल्मको ओस्कार जिते।
विश्व चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड (एकेडेमी अवार्ड्स) को ९८औँ संस्करण सम्पन्न भएको छ।
हलिउडका हस्तीहरूको उपस्थितिमा भएको भव्य समारोहमा पल थोमस एण्डरसनको फिल्म ‘वान ब्याटल आफ्टर अनदर’ ले बाजी मारेको छ। यस फिल्मले ‘बेस्ट पिक्चर’ र ‘बेस्ट डाइरेक्टर’ सहित कुल ६ विधामा ओस्कार जितेर यस वर्षको ओस्कारमा आफ्नो बर्चस्व कायम गरेको हो।
अभिनयतर्फ फिल्म ‘ह्याम्नेट’ बाट जेसी बक्लीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने फिल्म 'सिनर्स' का लागि माइकल बी जोर्डनले उत्कृष्ट अभिनेताको ट्रफी उचालेका छन्।
जोर्डनको फिल्म ‘सिनर्स’ ले प्राविधिक र पटकथा गरी अन्य महत्त्वपूर्ण विधाहरूमा पनि आफ्नो दह्रो उपस्थिति जनाएको छ। त्यस्तै, वान ब्याटल आफ्टर अनदरबाटै सिन पेनले उत्कृष्ट सहायक अभिनेता र फिल्म 'वेपन्स' बाट एमी मडिगनले उत्कृष्ट सहायक अभिनेत्रीको ओस्कार हात पारेका छन्।
एनिमेटेड फिल्मतर्फ के-पप डेमन हन्टर्स उत्कृष्ट घोषित भएको छ भने अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा 'सेन्टिमेन्टल भ्यालु' ले ओस्कार जितेको छ। डकुमेन्ट्री विधामा ‘मिस्टर नोबडी एगेन्स्ट पुटिन’ ले अवार्ड जितेको छ। फिल्म ‘फ्याङ्कनस्टाइन’ ले प्रोडक्सन डिजाइन, मेकअप र कस्ट्युम डिजाइन जस्ता विधामा क्लिन स्वीप गर्दै प्राविधिक रूपमा आफूलाई अब्बल सावित गरेको छ।
पटकथातर्फ र्यान कुगलरले ‘सिनर्स’ का लागि मौलिक र पल थोमस एण्डरसनले 'वान ब्याटल आफ्टर अनदर' का लागि एडाप्टेड पटकथामा ओस्कार जितेका छन्। भिजुअल इफेक्ट्समा ‘अवतार: फायर एण्ड ऐश’ ले आफ्नो विरासत जोगाउँदै अवार्ड जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण