स्युचाटारमा नगद र गहना चोरी
सोमबार, ०२ चैत २०८२, १३ : ०३
सारांश
- नागार्जुन नगरपालिका-९ स्युचाटारमा एक डेराबाट लाखौंको धनमाल चोरी भएको छ।
- चोरले नगद, सुन र चाँदी गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल लुटेको छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र चोरहरूको खोजी गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–९ स्युचाटारमा एक डेराबाट लाखौँको धनमाल चोरी भएको छ। दुर्गा कोलोनी नजिकै डेरा गरी बस्ने नवलपरासी पूर्वकी ३६ वर्षीया विमला न्यौपानेको कोठामा आइतबार दिउँसो चोरी भएको हो।
कोठामा कोही नभएको मौका छोपेर चोरले नगद, सुनका गहना र चाँदी गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल हात पारेको छ। पीडितको उजुरीपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। पछिल्लो समय काठमाडौँका विभिन्न क्षेत्रमा दिउँसोको समयमा घर तथा डेरामा चोरी हुने क्रम बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण