प्रदेश र जिल्ला अध्यक्षहरूसँग एमालेको भर्चुअल बैठक
सारांश
- एमाले महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमा पछिल्लो मतपरिणामबारे टिप्पणी गर्दै रास्वपाप्रति संकेत गरे।
- उनले रास्वपामाथि लोकप्रियतावाद र अवसरवादको गठजोड रहेको आरोप लगाउँदै एमालेविरुद्ध भ्रम फैलाइएको बताए।
- पोखरेलले जनताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी गर्दै पार्टीले नयाँ ढंगले संगठन विस्तार गर्ने बताए।
काठमाडौँ । एमाले का प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल जुम बैठक सुरु भएको छ।
बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेललेले पछिल्लो मतपरिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरेका छन्। उनले विशेष गरी रास्वपालाई सङ्केत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गर्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि नभएको टिप्पणी गरे। उनका अनुसार यस्ता शक्तिहरू छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनेछ।
उनले अध्यक्ष केपी शर्मा ओली,एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए। यस्तो प्रचार शैली डिजिटल माध्यमको प्रयोगमार्फत फैलाइएको लोकप्रियतावादकै एउटा रूप भएको उनको भनाइ छ।
महासचिव पोखरेलले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने स्पष्ट गर्दै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी गरे। उनले हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले अब थप नयाँ ढङ्गले सङ्गठन निर्माण र परिचालनलाई तीव्र बनाउने बताए।
पोखरेलले अल्पकालीन लोकप्रियताका आधारमा अघि बढेका शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेपछि अन्ततः जनताले स्थिर विचार र सङ्गठित शक्ति भएको एमालेतर्फ नै फर्किने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण