राष्ट्रपतिलाई भेटेर योगेशले दिए धन्यवाद
सोमबार, ०२ चैत २०८२, १६ : ४७
सारांश
- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
- भेटमा भट्टराईले भदौ २३ र २४ गतेका घटनापछिको अनिश्चितता अन्त्य गर्न अभिभावकीय भूमिका खेलेकोमा धन्यवाद दिए।
- भट्टराईले राष्ट्रपतिलाई संविधान र लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सही दिशानिर्देश गरेकोमा सम्मान व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । भट्टराई सोमबार शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् ।
भेटमा भदौ २३ र २४ का घटनापछि अनिश्चिततालाई अन्त्य गर्न अभिभावकीय भूमिका खेलेको प्रति आफूले राष्ट्रपतिलाई धन्यवाद दिएको उनले जनाएका छन् ।
‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्योल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान’, भेटको तस्बिर राख्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण