चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक कमल थानीले जानकारी दिए।
प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबिबिएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा निर्धारण गरेको थियो । जसमध्ये ४५ जना नेपाली विद्यार्थी र पाँच जना भारतीय विद्यार्थी गरी जम्मा ५० जना विद्यार्थी यो वर्ष भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका निर्देशक थानीले बताए।
पहिलो वर्ष एमबिबिएस अध्ययन गर्नेका लागि चिकित्सा शिक्षा आयोगले २० जनाको कोटा निर्धारण गरेको थियो । दोस्रो वर्ष ३०, त्यसपछि तेस्रो र यो वर्ष ५०/५० जनाको कोठा दिएको प्रतिष्ठानका निर्देशक थानीको भनाइ छ ।
प्रतिष्ठानले एमबिबिएसको अध्यापन गर्न थालेको पनि चार वर्ष हुँदै छ र चौथो ब्याच पढ्न आएका विद्यार्थीलाई स्वागत गरिएको छ । चिकित्सक शास्त्रबाहेक अरू सङ्कायअन्तर्गत बी–पिएच, बी–फार्मेसी, बिएस्सी नर्सिङ र बिएनएसको २०/२० जनाको कोटा पाएको प्रतिष्ठानका निर्देशक थानीले जानकारी दिए।
दुर्गम भौगोलिक अवस्थाका कारण वर्षौंसम्म विकासका अवसरबाट टाढा रहेको जुम्ला पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रका रूपमा उभिन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पुजन रोकायाले बताए।
समग्र माथिल्लो कर्णालीको स्वास्थ्य सेवा प्रवाहसँगै चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षणको केन्द्र प्रतिष्ठान बन्दै गएको उपकुलपति रोकायाको भनाइ छ ।
प्रतिष्ठानको नयाँ शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित कुल १३० जना विद्यार्थी विभिन्न सङ्काय स्वास्थ्यसम्बन्धी विषय अध्ययन गर्न प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबलबहादुर धामीले जानकारी दिए।
प्रतिष्ठानमा अहिले एमबिबिएस, बी–एनएस, बी–फार्मेसी, बिएससी नर्सिङ, बी–पिएचलगायतका विषय अध्ययन हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण