जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट फरार कैदी ठमेलबाट पक्राउ
काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनको समयमा जगन्नाथदेवल कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ।
लागु औषध मुद्दामा १० वर्ष कैद सजाय काटिरहेका काठमाडौँ महानगरपालिका वडा नं. २५ घर भई मनमैजु बस्ने ३५ वर्षीय मनिष राज श्रेष्ठलाई प्रहरीले ठमेलबाट नियन्त्रणमा लिएको हो।
श्रेष्ठ २०८२ भदौ २४ गते आन्दोलनका क्रममा सिर्जना भएको अस्तव्यस्त परिस्थितिको फाइदा उठाउँदै कारागारबाट फरार भएका थिए। त्यसयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चैत २ गते राति १० बजे ठमेल क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कैद भुक्तानका लागि जगन्नाथदेवल कारागार पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठ २०८२ असार २२ गतेदेखि उक्त कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण