एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने
सारांश
- एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
- बैंकले लक्ष्मी सन्राइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
- लगानीकर्ताले ६ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याज पाउनेछन्।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले 'एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८' को निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिएको छ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो। निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
त्यसैगरी, बाँकी रहेको ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई भने व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिने बैंकले जनाएको छ।
६ वर्ष अवधिको यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्। बैंकका अनुसार उक्त ब्याज रकम हरेक ६/६ महिनामा (अर्धवार्षिक रुपमा) भुक्तानी गरिनेछ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण