शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाका नवनिर्वाचित सांसद कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर

मङ्गलबार, ०३ चैत २०८२, १८ : ५९
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका धनेन्द्र कार्कीलाई सांसदको शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ।
  • एमालेका प्रभातकुमार कटवाल क्षेत्रीले कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति भएकोले उम्मेदवार हुन नपाउने जिकिर गरेका छन्।
  • सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित कार्की र कटवालबीचको प्रतिस्पर्धामा कार्की विजयी भएका थिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रभातकुमार कटवाल क्षेत्री (केसी)ले मंगलबार रिट दायर गरेका हुन् ।

उनले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार नै हुन नपाउनेमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको भन्दै कार्कीसँगै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।

सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा कटवालले १५ हजार ८७५ मत पाएर दोस्रो भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप