प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा
मङ्गलबार, ०३ चैत २०८२, २० : २१
जनकपुरधाम । जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशालामा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी करिब पूरा भएको छ ।
जिल्ला क्रिकेट सङ्घ धनुषाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही चैत ७ देखि हुने प्रतियोगिताको सबैजसो तयारी भएको जानकारी दिइएको हो ।
एक दिवसीय प्रतियोगितामा नेपालका सात प्रदेशका सात टोली तथा तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष गुड्डु पाण्डेले जानकारी दिए।
प्रदेश राजधानी जनकपुरधाममा उद्घाटन खेल र फाइनल खेल पर्साको नारायणी रङ्गशालामा हुने जनाइएको छ । यस्तै, १९ वटा खेल नारायणी रङ्गशालामा र १० खेल काठमाडौँमा हुने अध्यक्ष पाण्डेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण