नेपाल–इन्डो क्रिकेट : कैलपाल र त्रिपुरा विजयी
सुदूरपश्चिम । बैतडीमा जारी नेपाल–इन्डो टि २० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा त्रिपुरा क्रिकेट क्लब र कैलपाल क्रिकेट क्लब विजयी भएका छन् । त्रिपुराले भेलेनाथ क्रिकेट क्लबलाई ८३ रनले हराउँदा कैलपालले दशरथचन्द एकेडेमीमाथि १४१ रनको विशाल जित निकाल्यो ।
त्रिपुराले दिएको २५२ रनको लक्ष्य पछ्याएको भेलेनाथले २० ओभरमा ८ विकेटको क्षतिमा १६८ रन मात्रै बनाउन सक्यो । जसमा देवराम महरले सर्वाधिक ४२ रन जोडे । त्रिपुराका सुरेन्द्र थापाले ३ विकेट हात पारे ।
यसअघि पहिला ब्याटिङ गरेको त्रिपुरा निर्धारित २० ओभरमा २५१ रनमा अलआउट भयो । उसका प्लेयर अफ दी म्याचसमेत भएका जगदीश मौनीले ६८ र महेन्द्र थापाले ६६ रनको योगदान गरे । भोलेनाथका उद्धव लुहारले ३ विकेट झारे ।
आजै भएको अर्को खेलमा २०१ रनको विजय लक्ष्य पछ्याएको एकेडेमी १७ दशमलब २ ओभरमा ७० रनमा समेटियो । एकेडेमीका आदर्श चन्दले १५ र प्रेम चन्दले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा कैलपालका अमर चन्द, भुपेन्द्र चन्द र राम चन्दले २/२ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको कैलपालले १७ दशमलव १ ओभरमा २०० रनमा रोकियो । प्लेयर अफ द म्याचसमेत घोषित भएका वीरेन्द्र साउँदले ६१, विक्रम बोहराले ४७ रनको पारी खेले । एकेडेमीका रविन्द्र चन्दले ४ विकेट लिए । पञ्चकोटी युवा क्लबको आयोजनामा फागुन २८ गतेदेखि सुरु भएका प्रतियोगितामा नेपाल र भारतका गरेर १२ टोलीको सहभागिता रहेको छ ।
चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो । प्रतियोगिताले क्रिकेटको विकासका साथै दुई देशका सम्बन्ध प्रगाढमा सहयोग पुग्ने विश्वास राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण