सधैँ कति विरोध मात्रै खबरदारीसहित काम गर्न दिऊँ नयाँलाई
सारांश
- निर्वाचनले राजनीतिक स्थिरता र देश विकासका लागि जनता एकजुट हुनुपर्ने सन्देश दिएको छ।
- जनताले सुशासन, समृद्धि र विकासको चाहना राख्दै पुराना दललाई मौन विद्रोह गरे।
- नयाँ पार्टीले जनताको विश्वास जित्दै ऐतिहासिक जिम्मेवारी पाएको छ, तर चुनौती पनि थुप्रै छन्।
हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मत परिणामको विभिन्न कोणबाट व्याख्या विश्लेषण भइरहेकै छ । विश्लेषकहरूका आ–आफ्नै दर्शन, सिद्धान्त र बिचारका आधारबाट हुने विश्लेषण फरक–फरक हुने नै भए । जस्तै, लोकप्रियतावाद, यथास्थितिवाद, समाजवाद, साम्यवाद, तथा पुरातन पक्षधरहरूको वकालत तत–तत विचारधारामा आधारित हुन्छन् ।
तर स्वतन्त्र तवरले विचार र वादको चस्मा फुकालेर गरिएको यथार्थवादी विश्लेषण भने खासै पढ्न पाइएको छैन ।
कार्य कारण सिद्धान्तले भन्छ– कुनै कार्य हुन त्यसको उपादान कारण चाहिन्छ । जस्तो कुनै बीजबाट बिरुवा उम्रनु, यहाँ बीज कारण हो, बिरुवा कार्य । यसलाई मैले भर्खर सम्पन्न चुनावी परिणामसँग जोडेर हेरेको छु । यसमा निमित्त कारण अरू धेरै छन् । यसको बृहत् पक्ष तिर अहिले नजाऊ । नेपाली इतिहासकै शान्तपूर्वक सम्पन्न चुनावलाई हेरेर यसमा ठुलो कारण थियो अनि यस्तो परिणाम आयो भन्न सकिन्छ ।
राजनीतिक स्थिरता र देश विकासका लागि नेपाली जनता सधैँ एकजुट हुनुपर्ने सन्देश यो निर्वाचनले दिएको छ । यसलाई निराशाको उपज मात्रै मान्नु उपयुक्त हुँदैन । यो त सुशासन, समृद्धि र विकासतर्फको तीव्र आकाङ्क्षाका लागि जनताले दिएको स्पष्ट सन्देश हो भनेर बुझ्नुपर्छ । जनताले सधैँ यो देश यस्तै अवस्थामा रहनु हुँदैन भनेर विवेक प्रयोग गरेका हुन् । बहुसङ्ख्यक नेपाली जनताले यस पटक मटपेटिकामार्फत आफ्नै दल, सिद्धान्त र बिचारमाथि चुपचाप मौन विद्रोह गरे ।
आफूलाई मूलधारका र जनतासँग न्यानो सम्बन्ध, मजबुत सङ्गठन भएको मानिरहेका पुराना राजनीतिक दलहरूले अब आफूलाई जनपक्षीय कार्य गरेर सच्चिने नत्र सक्किन सक्न तयार रहन जनताले संकेत गरेका छन् ।
मत परिवर्तन किन ?
सुशासन, राजनीतिक स्थिरता, विकास र समृद्धिको उत्कट चाहाना राखेर आज हाम्रो देश एकै पटक जुरुक्कै उठेको छ । जनताको अभिमतद्वारा देश यसरी विरलै एकजुट हुने गर्छ । दशकौँपछि देशलाई राजनीतिक स्थायित्वका लागि ऐतिहासिक मौका प्राप्त भएको छ । क्षेत्रीयता, जातीयता, भाषा, वर्ण र वर्गभन्दा माथि उठेर देशका लागि नेपालीले जुन अभिमत प्रदान गरिदिए यो अवसरसँगै चुनौती पनि हो ।
अर्कोतर्फ नेपाली जनताले आफ्नो जीवनको उज्यालो भविष्यको कामना र आफू बस्ने देशमा केही नयाँ हुनुपर्ने चाहाना व्यक्त गर्दै त्यसका लागि आफू आस्थावान रहेको पार्टीलाई समेत बेवास्ता गरिदिएका छन् । भोको पेटले दर्शन, सिद्धान्त र शास्त्र खोज्दैन पहिले रोटि खोज्छ ।
यसैतर्फ इंगित गर्दै मदन भण्डारीले भनेका थिए, ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ ।’ आफूले भोगिरहेको कष्टकर जीवन र समग्र देशको अवस्थामा व्यापक परिवर्तनका लागि जनताले यस पटक आफ्ना राजनीतिक दर्शन, निष्ठा, आस्था र सिद्धान्त छोडेर यस्तो निर्णय गरेका छन् । राजनीतिक स्थिरता देश विकासका लागि एकजुट हुनुपर्ने सन्देश यो निर्वाचनले दिएको छ ।
हाम्रो जस्तो मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको देशमा जनताका बिचमा राम्रोसँग परीक्षण र घुलमिल समेत हुन नपाएको नयाँ पार्टीले दुई तिहाइ मत प्राप्त गर्नु दुर्लभ हो । ब्यालेट बक्सको माध्यमबाट नेपाली जनताले यो ऐतिहासिक जिम्मेवारी नयाँ पार्टीलाई दिएका छन् ।
शासन सत्तामा पुरानाहरूको म्युजिकल चियरको खेल जस्तै हालीमुहाली, पात्र फरक स्वभाव एकैनासको, नीति भन्दा नेता ठुलाको अवस्थालाई यसले जरैदेखि फेरिदिएको छ ।
राज्यको उत्तरदायित्व
जनताले तत्काल धेरै ठुलो माग राखेकै छैनन् । मलाई चन्द्रमामा पु-याउ देऊ, विद्युतीय रेलमा कुदाई देऊ, सुविधा सम्पन्न जीवन देऊ भनेका छैनन् । उनीहरूले आफ्नै देशमा काम खोजका छन् । आफ्नो श्रम मेहनत र पसिना स्वदेशमै बगाउन पाउने अवस्था खोजेका छन् ।
त्यसका लागि भ्रष्टाचार निर्मूल गर्दै व्यापक रोजगारीको अवसर सृजना गर्नु, सहज र पारदर्शी सरकारी सेवा प्रदान गर्नु, विधिको शासनमार्फत जनतालाई राज्यप्रति विश्वास दिलाउन सक्नु, न्यायपालिकाबाट सहज र छिटोछरितो न्याय सम्पादन गर्नु, कर्मचारीतन्त्रले बिना स्वार्थ सेवा प्रदान गरेको मात्र हेर्न चाहेका छन् ।
जनताले यत्तिको अवस्था सृजना गर्नका लागि नयाँ राजनीतिक दललाई आफ्नो अमूल्य मत दिएका हुन् ।
ध्यान दिनुपर्ने
त्यसैगरी चरम निराश बनेका जनतामा नयाँ पार्टीले महत्त्वाकाङ्क्षा जगाइदिएका कारण उनीहरूले यो पटक मतपत्र मार्फत नयाँ पार्टीलाई नै जिम्मेवारीको झोला बोकाइदिएका हुन् । सँगै उनीहरूसँगै अपेक्षा पनि राखेका छन् । जनताको यो महत्त्वाकाङ्क्षा पूरा नहुँदा त्यसले निम्त्याउने परिस्थिति झन् भयावह हुन सक्छ ।
जनपक्षीय काम नगरे अस्थिर स्वभावका मतदाताले अर्को चुनावमा दण्डित गर्ने निश्चित छ । त्यसैले नयाँ पार्टी र त्यसका विजित प्रत्याशीहरूले यसतर्फ बिचार पु¥याउनै पर्छ । चुनावी परिणामलाई कसैको जय–पराजयका रुपमा होइन कि राष्ट्र निर्माणको क्षेत्रमा लगाउनु जरुरी छ ।
यस्तो समयमा विजयी हुनेले देशभित्रका अनुभवी, अग्रज राजनीतिज्ञबाट तथा इतिहासबाट सिक्दै, बदलिँदो आन्तरिक तथा विश्व राजनितिलाई त्यति नै मसिनोगरी संवेदनशील भएर अघि बढाउनु पर्छ । देश विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्नु नै आजको आवश्यकता हो ।
याद रहोस् नयाँ उदीयमान पार्टीले कुनै लोकप्रिय काम गरेर यो पैमानको अभिमत प्राप्त गरेका होइनन् । पुराना दलका नेता र पार्टीको शैलीबाट टुटेको विश्वास यो चुनावमा अभिव्यक्त भएको हो । त्यसैले धेरै हौसिनु र अभिमान प्रदर्शन गर्नु जरुरी छैन । लोकप्रिय नाराहरू सार्वजनिक खपतका लागि मात्र प्रयोग नहुन ।
मुख्य कुरा हाम्रो संवेदनशील भूराजनीतिक अवस्थामा हाम्रो अहिलेसम्मको अवस्था थप नबिग्रियोस् भन्नेमा नयाँ राजनीतिक दल त्यति नै सचेत हुनुपर्नेछ । यसका साथै जनमतको अहंमा कुनै पनि देश विरोधी सन्धि–सम्झौतामा हस्ताक्षर नहोस् ।
नेपाली जनतालाई चाहिएको परिवर्तन र स्थायित्व हो । ‘बिरालो कालो होस वा सेतो त्यसले मुसा मार्नुपर्छ ।’ त्यसैले कति विरोध मात्रै गर्नु अब नयाँलाई खबरदारीसँगै काम गर्न दिऊँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण