इरान मामिलामा नेटोले ‘मूर्खतापूर्ण गल्ती’ गरेको ट्रम्पको आरोप
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्वमा नेटो राष्ट्रहरूको असहयोगको आलोचना गरे।
- ट्रम्पले ह्वाइट हाउसमा आयरल्याण्डका प्रधानमन्त्रीसँगको भेटमा नेटोको निर्णयलाई गल्ती भने।
- उनले बेलायतसँगको सम्बन्ध कमजोर भएको र अमेरिका आत्मनिर्भर रहेको बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वका बिच नेटोका सदस्य राष्ट्रहरूले स्ट्रेट अफ हर्मुजको सुरक्षामा सहयोग नगरेको भन्दै कडा आलोचना गरेका छन् । नाटो देशहरूको यस्तो निर्णयलाई उनले मूर्खतापूर्ण गल्ती भनेका छन् ।
ह्वाइट हाउसमा आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको भेटका क्रममा ट्रम्पले अधिकांश नेटो सहयोगीहरूले इरानसँगको युद्धमा संलग्न हुन नचाहेको जानकारी आफूले पाएको बताए । धेरै युरोपेली देशहरूले उक्त द्वन्द्वलाई अवैध ठान्दै प्रत्यक्ष संलग्नता अस्वीकार गरेका छन् ।
स्ट्रेट अफ हर्मुजबाट ठुलो परिमाणमा विश्वको तेल आपूर्ति हुने गर्छ । हाल इरानमा जारी युद्धका कारण यो मार्ग प्रभावित भएको छ । यस्तो अवस्थामा केही देशहरू जहाजहरूको सुरक्षा गर्न तयार रहेको ट्रम्पले सङ्केत गरे पनि उनले ती देशहरूको नाम सार्वजनिक गरेका छैनन् ।
ओभल अफिसमा बोल्ने क्रममा ट्रम्पले ‘हामीलाई कुनै सहयोग चाहिँदैन’ भन्दै अमेरिका आत्मनिर्भर रहेको दाबी गरे । तर नेटो देशहरूले यस्तो संवेदनशील समयमा साथ दिनुपर्ने पनि उनले बताए । खाडी क्षेत्रमा माइन हटाउने जहाज नपठाउनु ठुलो कुरा नभए पनि अमेरिकाप्रति अन्यायपूर्ण भएको उनको भनाइ थियो ।
विशेष गरी बेलायतको आलोचना गर्दै ट्रम्पले अमेरिकी–इजरायली आक्रमणमा सहयोग नगरेको विषय उठाए । बेलायतसँगको सम्बन्ध पहिले निकै राम्रो रहेको तर वर्तमान प्रधानमन्त्री केयर स्टार्मर आएपछि कमजोर भएको सङ्केत पनि उनले गरे ।
इरानसँगको युद्धलाई ट्रम्पले अमेरिका र नाटोबिचको सम्बन्धको ठुलो परीक्षाको रूपमा चित्रण गरेका छन् । यद्यपि, यस विषयमा कुनै प्रतिशोधात्मक कदम चाल्ने योजना हाल नरहेको उनले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण