मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सफाइकर्मीको सम्मानमा साइकल र्‍याली

बुधबार, ०४ चैत २०८२, १६ : ४५
बुधबार, ०४ चैत २०८२

काठमाडौँ । फोहोरमैला तथा कवाडी संकलनकर्ताहरूको सम्मानमा क्रिएसन नेपालले 'हाम्रो साइकल यात्रा र्‍याली' कार्यक्रम सम्पन्न गरेको छ । 

क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकल र्‍यालीको उद्घाटन गरेकी थिइन् । 'यो केवल साइकल यात्रा नभई वातावरण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुर्‍याइरहेका नायकहरूलाई सम्मान गर्ने अवसर हो,' त्यस क्रममा अध्यक्ष कार्कीले बताइन् । 

युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत ग्लोबल रिसाइक्लिङडे २०२४ को अवसरमा आयोजित यस कार्यक्रममा ४०० भन्दा बढीको सहभागिता रहेको क्रिएसनकी महासचिव रोशना सुवेदीले जानकारी दिइन् । 

कार्यक्रमको मूल नारा 'फोहोर होइन अवसर सोचौँ' थियो, जसले फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने सन्देश प्रवाह गरेको क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन् । 

साइकल यात्रा शंखमूलबाट सुरु भई बागमती करिडोर हुँदै बल्खु पुल, धोबीघाट, एकान्तकुना, जावलाखेल, पुलचोक र कुपण्डोल परिक्रमा गरी पुनः बागमती करिडोर हुँदै शंखमूलमै पुगेर समापन भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा काठमाडौँ उपत्यकाका करिब २०० जना फोहोर संकलनकर्ताको साइकल र्‍यालीमा सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप