बैतडीमा पनि आर्थिक गणना कार्यालय स्थापना
बैतडी । बैतडीमा आर्थिक गणना कार्यालयको स्थापना गरिएकोे छ । दोस्रो आर्थिक गणनाका लागि जिल्ला सदरमुकाम गोठालापानीमा कार्यालय स्थापना गरिएको हो ।
आज कार्यालय स्थापना गरि काम अघि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिए। कार्यालय स्थापना भइसकेको र यो महिनाभित्र आन्तरिक तयारी पूरा गरिसक्ने उनले बताए।
कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने आर्थिक गणना अधिकारी गिरीले जानकारी दिए ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुँदैछ । यसका लागि बैतडीमा १६ गणक र ३ सुपरिवेक्षक खटिने उनले बताए।
आर्थिक गणनाको समयमा गणकहरुले वस्तु तथा सेवा उत्पादन क्षेत्र, आर्थिक क्षेत्रमा संलग्न सबै क्षेत्रको गणना गर्ने कार्यालयले जनाएको छ । आर्थिक क्रियाकलाप, बजार व्यवसाय लगायतका क्षेत्रमा आर्थिक गणना केन्द्रित हुने गिरीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण