शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानद्वारा तालिबान विरुद्धको अपरेसन अस्थायी रूपमा स्थगित

बुधबार, ०४ चैत २०८२, २२ : २१
बुधबार, ०४ चैत २०८२

सारांश

  • पाकिस्तानले अफगानिस्तानका तालिबान विरुद्धको अपरेसन 'गजब-लिल-हक' अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
  • ईद अल-फित्र र इस्लामिक देशहरूको अनुरोधमा कारबाही स्थगित गरिएको सूचना मन्त्री अत्ताउल्लाह तरारले बताए।
  • स्थगन मार्च १८-१९, २०२६ को मध्यरातदेखि मार्च २३-२४, २०२६ को मध्यरातसम्म लागू हुनेछ, तर आक्रमण भएमा तुरुन्तै अपरेसन सुरु हुनेछ।

इस्लामवाद । पाकिस्तानले अफगानिस्तानका तालिबान विरुद्धको अपरेसन अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । बुधवार पाकिस्तानले तालिबान विरुद्धको ‘अपरेसन गजब–लिल–हक’ अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको हो ।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले ईद अल–फित्र र छिमेकी इस्लामिक देशहरूको अनुरोधमा अफगानी तालिबान विरुद्धको कारबाही अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएका छन्।

अत्ताउल्लाह तरारले इन्स्टाग्राममा लेखेका छन्, ‘ईद अल–फित्रलाई ध्यानमा राख्दै, पाकिस्तान सरकारले स्वेच्छाले अफगानिस्तानका तालिबानीहरू विरुद्धको अपरेसन गजब–लिल–हक अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेको छ।’

उनले थप लेखेका छन्–  ‘यो स्थगन मार्च १८–१९, २०२६ को मध्यरातदेखि मार्च २३–२४, २०२६ को मध्यरातसम्म लागू हुनेछ। पाकिस्तानले यो कदम राम्रो नियतका साथ र इस्लामिक परम्परा अनुसार चालिरहेको छ। यद्यपि, यदि यस अवधिमा पाकिस्तान भित्र कुनै सीमा पार आक्रमण, ड्रोन हमला, वा आतङ्कवादी घटना भयो भने ‘अपरेसन गजब–लिल–हक’ तुरुन्तै थप गम्भीरताका साथ पुनः सुरु गरिनेछ।’

अर्को एक पोस्टमा अताउल्लाह तरारले भनेका छन्, ‘युद्धविराम घोषणा हुँदासम्म अफगानिस्तानमा ७०७ आतङ्ककारी मारिएका छन् र ९३८ जना घाइते भएका छन्।’ अताउल्लाह तरारका अनुसार तालिबानीहरू र तिनीहरूको सञ्जाललाई लक्षित गर्दै अफगानिस्तानमा ८१ स्थानहरूमा हवाई हमला गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप