शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

कवाडी व्यवस्थापनका क्रममा धमिरा लागेका पुस्तक नष्ट भएको मनमोहन विश्वविद्यालयको स्पष्टीकरण

बुधबार, ०४ चैत २०८२, २२ : ३४
बुधबार, ०४ चैत २०८२

सारांश

  • मनमोहन प्राविधिक विश्वविद्यालयले सामाजिक सञ्जालमा आएका तस्वीर र सूचनाप्रति ध्यानाकर्षण जनाएको छ।
  • विश्वविद्यालयले पुराना वर्कशप खाली गर्दा कवाडी सामान र धमिरा लागेका पुस्तकहरू नष्ट गरेको जनाएको छ।
  • सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको विषयमा चर्चा भएको थियो।

काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयले सामाजिक सञ्जालमा आफ्नो संस्थासँग जोडेर सार्वजनिक भएका तस्वीर तथा सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वविद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सिभिल इन्जिनियरिङ विभागका नयाँ ल्याबहरू स्थापना गर्नका लागि पुराना वर्कशप खाली गर्ने क्रममा केही सामग्री व्यवस्थापन गरिएको स्पष्ट पारेको हो । विगत लामो समयदेखि प्रयोगमा नआएका, कवाडी अवस्थामा रहेका सामान र पूर्ण रूपमा मक्किएका तथा धमिरा लागेका केही पुस्तकहरू मात्र सरसफाइका क्रममा नष्ट भएको विश्वविद्यालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राम्रो अवस्थामा रहेका पुस्तक तथा सामग्रीहरू छुट्याएर सुरक्षित राखिएको छ । सामाजिक सञ्जालमा चर्चा गरिएजस्तो कुनै विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट गरिएको होइन । ’

यसअघि विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक ‘द गभर्मेन्स अफ चाइना’ जलाइएको विषय चर्चामा आएकाे थियाे । 

manamohan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप