जीवित देवी कुमारीलाई वसन्तपुरस्थित कुमारी घर ल्याइयो
सारांश
- घोडेजात्रामा सहभागी गराएर जीवित देवी कुमारीलाई वसन्तपुर ल्याइयो।
- कुमारीलाई जात्रा स्थलमा सवारी चलाइयो र दर्शनार्थीको भीड लाग्यो।
- सैनिक मञ्चमा नेपाली सेनाले घोडा दौड र कला प्रदर्शन गरे।
काठमाडौँ । जीवित देवी कुमारीलाई विशेष बाजागाजासहित वसन्तपुरस्थित कुमारी घर ल्याइएको छ ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीमा मनाइने घोडेजात्रामा जीवित देवी कुमारीलाई जात्रामा सहभागी गराएर फिर्ता ल्याउने चलनअनुसार आज (बुधबार) वसन्तपुर ल्याइएको हो ।
त्यस अवसरमा कुमारीघरबाट परम्परागत बाजागाजासहित कुमारीलाई जात्रा स्थलमा सवारी चलाइएको थियो । सोही क्रममा कुमारीको दर्शन गर्नेहरूको भीड लागेको थियो । सुन्धारास्थित नेपाल वायुसेवा निगमको भवनबाट कुमारीलाई जात्रा अवलोकन गराइएको कुमारी घरका प्रबन्धक गौतम शाक्यले जानकारी दिए । निगमको कार्यालयमा कुमारीलाई जात्रा अवलोकन गराउन एउटा विशेष कक्षको व्यवस्था गरिएको छ ।
टुँडिखेलको सैनिक मञ्च अगाडि भएको उक्त जात्रामा नेपाली सेनाले घोडा दौड तथा कला प्रदर्शन गरेको थियो ।
कुमारीलाई तलेजु भवानीको प्रतीक र शक्तिको अवतार मानिएको छ । भूत–प्रेत भगाउने र सहरको रक्षा गर्ने विश्वास गरिएको जात्रामा कुमारीको सहभागितालाई सांस्कृतिक रूपमा अनिवार्य गरिएको छ ।
काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा जात्रा मनाइन्छ । विभिन्न समारोहमा राष्ट्रप्रमुखले समेत कुमारीलाई दर्शन भेट गर्ने परम्परा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण