सामाजिक सञ्जालमा अश्लील सामग्री पोष्ट गर्ने भारतीय नागरिक पक्राउ
सारांश
- मोरङ प्रहरीले अश्लील फोटो र भिडियो पोस्ट गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिले इन्स्टाग्राममा नक्कली खाता बनाएर अमर्यादित सामग्री पोस्ट गरेका थिए।
- प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरी साइबर अपराध मुद्दा दर्ता गरेको छ।
मोरङ । सामाजिक सञ्जालको दुरुपयोग गरी अश्लील फोटो तथा भिडियो सार्वजनिक गर्ने एक भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। इन्स्टाग्राममा नक्कली खाता बनाएर अमर्यादित सामग्री पोष्ट गर्ने र ह्वाट्सएपमार्फत गालीगलौज गर्ने गरेको आरोपमा भारतको मोतियारी जिल्ला घर भएका २४ वर्षीय राज कुमार जैसवाल पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सूक्ष्म अनुसन्धानपछि उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका जैसवालले पीडितको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अश्लील सामग्री सम्प्रेषण गरेको उजुरी परेपछि प्रहरीले उनको खोजी कार्य तीव्र पारेको थियो।
प्रहरी टोलीले उनलाई फागुन ३० गते पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। वीरगन्जमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेका उनलाई थप कानुनी कारबाहीका लागि मोरङ ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेका अनुसार जैसवालविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) कसूरमा मुद्दा दर्ता गरिएको छ। उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण