बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: सचिव अर्याल

बिहीबार, ०५ चैत २०८२, १५ : ३३
बिहीबार, ०५ चैत २०८२

सारांश

  • एमाले सचिव पद्मा अर्यालले निर्वाचन परिणाम स्वीकार गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन्।
  • उनले आगामी सरकारलाई सकारात्मक कार्यमा सहयोग गर्ने र देशलाई राजनीतिक स्थिरता दिने बताइन्।
  • एमालेले जनताको मतको रक्षा गर्दै सरकारलाई सही मार्गमा ल्याउन भूमिका खेल्ने कुरा उनले बताइन्।

काठमाडौँ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन् ।

बिहीबार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकारात्मक कामको लागि सहयोग गर्ने बताइन् । 

उनले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको बताइन् । सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

 राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उनको भनाइ छ । नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको उनले बताइन् । 

एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उनको भनाइ छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने जानकारी दिइन् ।

उनले एमालेले निर्वाचनमा पाएको असफलताको समीक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने बताइन् । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप