कोशी एक्सिलेन्स अवार्ड चैत ७ गते
सारांश
- कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक-सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउन 'कोशी एक्सिलेन्स अवार्ड २०२६' चैत ७ गते आयोजना हुनेछ।
- नयन मिडिया फाउन्डेसनद्वारा आयोजित यस अवार्डमा १६ विधाका उत्कृष्ट व्यक्ति र संस्थाहरूलाई सम्मान गरिनेछ।
- कार्यक्रममा कृषि, बैंकिङ, शिक्षा, स्वास्थ्य, र पर्यटन लगायतका क्षेत्रमा योगदान पुर्याउनेहरूलाई अवार्ड प्रदान गरिनेछ, जसमा ५०० भन्दा बढी सहभागी हुने अपेक्षा छ।
सुनसरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले यही चैत ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आयोजना हुने भएको छ । नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रम दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछ ।
आयोजक संस्थाका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार यस वर्षको अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।
कृषि, बैंकिङ तथा वित्तीय सेवा, व्यावसायिक नेतृत्व, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, सामाजिक काम, खेलकुद, नवप्रवर्तन, प्रविधि, पर्यटन तथा आतिथ्य, अटोमोबाइल, सङ्गीत तथा पुँजी बजारलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।
कार्यक्रममा करिब ५०० भन्दा बढी सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न सङ्घसंस्थामार्फत विशेष योगदान पुर्याएका कोशी प्रदेशका व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरिने जनाइएको छ ।
फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले कार्यक्रमको झन्डै ८० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार विभिन्न सरकारी तथा निजी संस्थासँग सहकार्य गर्दै कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण