इरान युद्धमा मर्नेको सङ्ख्या ३१०० नाघ्यो
शुक्रबार, ०६ चैत २०८२, ११ : २८
सारांश
- इरानमा फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ३ हजारभन्दा बढीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा १ हजार ३९४ सर्वसाधारण र २१० बालबालिका छन्।
- मानव अधिकारकर्मीहरूले बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।
तेहरान । इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १०० नाघेको एक मानवअधिकार संस्थाले जनाएको छ ।
अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए)का अनुसार हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १८६ पुगेको छ । संस्थाले सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाउनेमध्ये १ हजार ३९४ सर्वसाधारण रहेका छन्, जसमा कम्तीमा २१० बालबालिका पनि समावेश छन् ।
त्यसैगरी १ हजार १५३ जनालाई सैनिकको रूपमा वर्गीकृत गरिएको छ भने ६३९ जनाको मृत्युको प्रकृति अझै स्पष्ट हुन सकेको छैन ।
द्वन्द्व सुरु भएयता एचआरएएनएले निरन्तर रूपमा मानवीय क्षतिको विवरण अद्यावधिक गर्दै आएको छ । बढ्दो हिंसासँगै सर्वसाधारणको ज्यान जाने क्रम तीव्र बनेको भन्दै मानवअधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण