न्यायपालिकामाथि प्रहार भएमा पोजिसन लिन्छाैँ : अध्यक्ष मिश्र
शुक्रबार, ०६ चैत २०८२, १५ : ४३
काठमाडौँ । नेपाल बार एसाेसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले दुई तिहाइ सरकारको बलमा न्यायपालिकामाथि प्रहार भएमा बार एसोसियसनले आफ्नो पोजिसन लिने बताएका छन्।
भक्तपुरमा शुक्रबार आयोजित नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘जब दुई तिहाइ सरकार आउँछ, तब न्यायपालिकालाई सबैभन्दा पहिला प्रहार गर्ने प्रचलन रहेको छ । नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई बेनिफिट अफ डाउट दिन्छ, सरकारका सबै क्रियाकलापहरू संविधानवाद र कानुन अनुरूप हुन् भन्ने हाम्रो शुभेच्छा छ,’ उनले भनेका छन्।
'सरकार पाँचै वर्ष टिकोस् भन्ने चाहना हो । तर, संविधानवाद र कानुनको शासनलाई चिर्न थालियो भने बारले आफ्नो पोजिसन लिन्छ, उनले भने, त्यसो गर्नु हाम्रो कर्तव्य पनि हो र हाम्रा पुर्खाले गर्दै आएको काम पनि हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण