कांग्रेसको चुनावी समीक्षा : विपक्षीको ‘भावनात्मक नारा’ चिर्न नसक्नु हारको कारण
सारांश
- नेपाली कांग्रेसले निर्वाचनमा अपेक्षित नतिजा नआउनुमा आफ्ना नीतिको स्वामित्व लिन नसक्नुलाई कारण मानेको छ।
- कांग्रेसले निजी क्षेत्रको विकास र वैदेशिक रोजगारीबारे विपक्षीको भ्रामक प्रचारलाई चिर्न नसकेको स्वीकार गरेको छ।
- गैरआवासीय नेपालीहरूसँगको सम्बन्धमा पार्टीले कमजोरी औँल्याउँदै उनीहरूको मन जित्न नसकेको जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुमा आफ्ना सफल नीतिहरूको स्वामित्व लिन नसक्नु र विपक्षीको भ्रामक प्रचारलाई चिर्न नसक्नुलाई समेत कारण मानेको छ।
पार्टीको प्रारम्भिक समीक्षा प्रतिवेदनमा निजी क्षेत्रको विकास, वैदेशिक रोजगारीको बाध्यता र गैर आवासीय नेपालीहरूसँगको सम्बन्धका बारेमा आत्ममन्थन गरिएको छ।
प्रतिवेदनमा नेपालमा आज निजी क्षेत्रको जुन व्यापक उपस्थिति छ, त्यो कांग्रेसले लिएको नीतिकै परिणाम भएको जिकिर गरिएको छ । जुत्ता उत्पादनदेखि बिजुली उत्पादनस र बैंक, अस्पताल तथा सञ्चार माध्यमहरूसम्मको विस्तार कांग्रेसकै उदार आर्थिक नीतिका कारण सम्भव भएको प्रतिवेदनमा जिकिर गरिएको छ । तर, सरकारले जुत्ता उत्पादन गर्ने होइन, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो भन्ने सामान्य कुरा जनतालाई बुझाउन नसक्दा उल्टै आलोचना खेप्नुपरेको कांग्रेसको निष्कर्ष छ। ‘विद्युत उत्पादनको दुई तिहाइ हिस्सा निजी क्षेत्रले ओगटेको छ, तर यसको श्रेय लिनुको साटो हामी आलोचनाको सिकार भयौँ,’ प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, वैदेशिक रोजगारीको विषयलाई लिएर विपक्षीले फैलाएको मनोविज्ञानलाई पनि कांग्रेसले हारको एउटा कडी मानेको छ। वैदेशिक रोजगारी तत्कालीन नेपालको बाध्यता रहेको यथार्थलाई लुकाएर विपक्षीले ‘चुनाव जिते वैदेशिक रोजगारी अन्त्य हुने’ जस्ता भावनात्मक र आकर्षक नारा दिएर मतदातालाई प्रभावित पारेको कांग्रेसको ठहर छ। कांग्रेसलाई वैदेशिक रोजगारीको ‘दोषी’ का रूपमा चित्रण गरिँदा त्यसको वास्तविक आर्थिक र सामाजिक पाटो बुझाउन पार्टी चुकेको समीक्षा गरिएको छ।
गैरआवासीय नेपालीहरूका सम्बन्धमा पनि कांग्रेसले आफ्नो कमजोरी औँल्याएको छ। डायस्पोरामा ‘नेपालमा केही भएको छैन र सबै खराब छ’ भन्ने नकारात्मक मनोविज्ञान व्याप्त रहेको र त्यसलाई चिर्न नसकिएको कांग्रेसले स्वीकार गरेको छ।
गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन संवैधानिक बन्दोबस्त र चुनावी प्रतिबद्धतामा सबैभन्दा दृढ भएर उभिए पनि विदेशमा रहेका नेपालीहरूको ‘मन र मत जित्न नसक्नुलाई कांग्रेसले आफ्नो सांगठनिक कमजोरीका रूपमा व्याख्या गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण