आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

‘बिजोग रमाइलो’ सिरियल दर्शकमाझ ल्याइँदै

शुक्रबार, ०६ चैत २०८२, २१ : ३७
शुक्रबार, ०६ चैत २०८२

काठमाडौँ । ‘सक्किगोनी’ का चर्चित कलाकारहरूले नयाँ सिरियल ल्याउने घोषणा गरेका छन् । कलाकारहरूले ‘बिजोग रमाइलो’ सिरियल दर्शकमाझ ल्याउने तयारी गरेका हुन् ।

शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा ‘सक्किगोनी’ का अधिकांश कलाकारहरू देखिएका छन् । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ भने पोस्टरमा देखिएका छैनन् । 

यस सिरियललाई हरिश निरौला (कक्रोज) ले लेखन तथा निर्देशन गर्नेछन् । कमेडी जनरामा बन्ने सिरियलमा समसामयिक सामाजिक कथावस्तु समेटिने बताइएको छ । 

सिरियलमा हरिश निरौला, सागर लम्साल, कमलमणी  नेपाल, दीपक आचार्य, बबिन राई, सुबोध गौतम, गोविन्द कोइराला, सुरक्षा इटानी, भावना आचार्य, सुस्मिता कुवँर, पुरूषोत्तम आचार्य, अशोक धिताल, गजित विष्ट, रामभजन कामतलगायतले अभिनय गर्नेछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप