रचनाको स्वरमा ‘चाहन्छु 8’ गीत सार्वजनिक
शुक्रबार, ०६ चैत २०८२, २१ : ५२
काठमाडौँ । गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘चाहन्छु 8’ सार्वजनिक भएको छ ।
शुक्रबार सरोज पोखरेलको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । पोखरेलकै सङ्गीत रहेको गीतमा एरेन्ज,मिक्सिङ र मास्टरिङ दिवेश राईकाे छ ।
बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा सिल्पा पोखरेल, कमल सिंह,झलकमनी अधिकारी लगायतको अभिनय रहेको छ । भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । यो समाचार तयार पार्दासम्म गीतले १ हजार ३१२ भ्यूज पाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण