द्वन्द्वकालमा लालपुर्जा जलेका चैनपुरका जग्गाको नापजाँच सकियो
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुरमा रहेको विशेष नापी कार्यालयले १२ हजार हेक्टर जग्गा नापजाँच सम्पन्न गरेको छ । विसं २०५९ वैशाख १४ गते चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनीका हुँदा सङ्खुवासभाका चार स्थानीय तहका सक्कल नक्सा र फिल्डबुक तथा जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए ।
द्वन्द्वका बेला आगजनीबाट नष्ट भएका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकाभित्रका २४ हजार हेक्टरको सक्कल नक्सा र फिल्डबुक तथा जग्गाधनी दर्ता श्रेस्ता पूर्ण रूपमा नष्ट भएका थिए । विशेष नापी कार्यालय चैनपुरले द्वन्द्वकालमा आगलागीका कारण नष्ट भएका सक्कल नक्सा र जग्गाधनी दर्ता श्रेस्ता पुनः अभिलेख राख्न जग्गाको नापजाँच तीव्र बनाएको हो ।
हालसम्म १२ हजार १५३ हेक्टर जग्गाको नापजाँच सकिएको विशेष नापी कार्यालयका प्रमुख हरिशरण नेपालले जानकारी दिए । आवादी सात हजार ३१२ हेक्टर र चार हजार ८४१ सरकारी जग्गाको पुनः नापजाँच गरिसकिएको उनले बताए ।
सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म १२ हजार १५३ जग्गाको नापजाँच तथा नापनक्सा सम्पन्न भइसकेको प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार जग्गाको नापजाँचका शीघ्र सम्पन्न गर्न चार वटा प्राविधिकसहितको टोली विभिन्न स्थानमा खटिएका छन् ।
हाल विशेष नापी कार्यालयले चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको छ । आगलागीमा नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले लालपुर्जा पाइसकेका छन् । त्यसैगरी, नापनक्सा सकिएका चैनपुर(९ का ६२७ र वडा नं ८ का ५६३ जग्गाधनीको लालपुर्जा वितरण भइसकेको विशेष नापी कार्यालयले जनाएको छ ।
कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनः स्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो । बसाइसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहनेलगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण