माैसम पूर्वानुमान
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
शनिबार, ०७ चैत २०८२, ०६ : १०
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
- दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
- राति कोशी प्रदेशको हिमाली भूभागमा र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण