पाल्पामा टिपर ५० मिटर खस्याे: ३ जनाको मृत्यु, १ गम्भीर घाइते
सारांश
- पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, भने १ जना गम्भीर घाइते भएका छन्।
- शनिबार साँझ झडेवा-रहवास सडकखण्डमा भएको दुर्घटनामा चालक सहित ४ जना घाइते भएका थिए।
- मृत्यु हुनेमा अर्घाखाँचीका चालक र अन्य २ जनाको सनाखत हुन बाँकी रहेको छ, घाइतेको उपचार भइरहेको छ।
बुटवल । पाल्पाको माथागढी गाउँपालिका–७ स्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार साँझ करिब ६ बजेतिर झडेवाबाट रहवास चूनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित ४ जना पुरुष घाइते भएको पाल्पामा डिएसपी होम बहादुर चौधरीले बताए ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचारका क्रममा ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ बस्ने अन्दाजी २६ वर्षीय चालक चिन्ता बहादुर सुनार रहेका छन् । अन्य २ जनाको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाल्पा तानसेन नगरपालिका–१० पटुवा बस्ने ३३ वर्षीय राजन घर्तीको अवस्था गम्भीर रहेको छ र उनको उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण