जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा
सारांश
- जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा फेरि सुरु भएको छ।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको सेवा १० महिनादेखि रोकिएको थियो, जुन फेरि सुरु भयो।
- स्थानीयबासीले अब जिल्लामै विशेषज्ञ सेवा पाउनेछन् र अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ।
कालिकोट । जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालिकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।
लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगतमा दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबारका दिन जिल्ला अस्पताल कालिकोटबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो ।
प्रतिष्ठानले जिल्ला अस्पताल कालिकोटबाट प्रदान गरिँदै आएको विशेषज्ञ चिकित्सा सेवा विगत १० महिनादेखि विभिन्न कारणले नियमित हुन सकेको थिएन ।
विगतमा लामो समयदेखि अवरुद्ध रहेको बिशेशज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि सेवा पुनः सुचारु भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक महतले बताए । ‘विशेषज्ञ चिकित्सक परिचालन गरी सेवा पुनः सञ्चालन गरी दिएकोमा स्वास्थ्य सेवा कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति आभारी छौं,’ उनले भने, ‘अब जिल्ला अस्पताल कालिकोटमै नियमित रूपमा विशेषज्ञ सेवा विस्तार गरिनेछ ।’
सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको सूचना अधिकारी महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण