वसन्त र सुनितामीको ‘माया हिरिक्कै’मा पलको अभिनय
सारांश
- सर्जक तथा गायक वसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ।
- गीतको भिडियोमा पल शाह र गायिका सुनितामीको अभिनय रहेको छ, जसको निर्देशन गम्भीर विष्टले गरेका हुन्।
- गायिका सुनितामीले यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा आशा व्यक्त गरेकी छिन्, उनले ९०० जति गीत गाइसकेकी छन्।
काठमाडौँ । सर्जक तथा गायक वसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक गरिएको छ । नवराज पन्तको शब्द रहेको गीतमा वसन्त थापाकै सङ्गीत छ । गीतको एरेन्ज भने श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गम्भीर विष्टले निर्देशन गरेको गीतको भिडियोमा पल शाहको अभिनय छ । पललाई अभिनयमा गायिका सुनितामीले साथ दिएकी छन् । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुन् ।
गायिका तथा सुनितामीले आफ्नाले लोकलयको सार्वजनिक गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा आशावादी छिन् । बि.स.२०६६ सालमा पहिलो गीत ‘भिरमा लर्क्यो खर’मा स्वर दिएर साङ्गीतिक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झन्डै ९ सय गीत गाइसकेको बताउँछिन् । सुनितामीका यसअघिका‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’, ‘मेरो बुडाको के मिलेन’ लगायतका गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण