खानेपानीमा सफ्टवेयरमार्फत मनलाग्दी असुली, मारमा उपभोक्ता
सारांश
- सफ्टवेयर कम्पनी दियालो टेक्नोलोजीजले बिलिङ, जिसआई म्यापिङ र वेबसाइट बनाउने नाममा मनलाग्दी शुल्क लिएको आरोप लागेको छ।
- उपभोक्ता समितिहरूले दियालो टेक्नोलोजीजविरुद्ध राष्ट्रिय साना सहरी खानेपानी सरसफाइ उपभोक्ता महासङ्घमा उजुरी दिएका छन्।
- दियालोले सफ्टवेयर जडान र नवीकरण शुल्कको नाममा उपभोक्ता समितिबाट लाखौँ रकम असुलेको आरोप छ।
काठमाडौँ । खानेपानी उपभोक्ता समितिमा बिलिङ्ग, जिसआई म्यापिङ र वेबसाइट बनाउने नाममा सफ्टवेयर कम्पनीले मनलाग्दी शुल्क लिएको आरोप लागेको छ ।
खानेपानी उपभोक्ता समितिहरूले दियालो टेक्नोलोजीज विरुद्ध राष्ट्रिय साना सहरी खानेपानी सरसफाइ उपभोक्ता महासङ्घमा उजुरी गरेका छन् ।
काठमाडाैँमा मुख्य कार्यालय रहेको दियालो टेक्नोलोजीले देशभरका ८५२ खानेपानी उपभोक्ता समितिमा सफ्टवेयर सिस्टम लागु गरेको छ । सो प्रविधिमार्फत टेक्नोलोजीजले खानेपानी उपभोक्ता समितिहरूलाई बिलिङ्ग सिस्टम, लेखा व्यवस्थापन र वेभसाइट निर्माण गर्दै आएको छ ।
त्यस्तो सुविधा प्रदान गरेबापत दियालोले उपभोक्ता समितिसँग मनलाग्दी शुल्क असुल्ने गरेको आरोप छ । उपभोक्ता समितिहरूले दियालोलाई दिनुपर्ने शुल्क उपभोक्तामार्फत उठाएर बुझाउँछन् । त्यसबाट उपभोक्ता नै मारमा पर्ने गरेका छन्।
दियालोले मनलाग्दी शुल्क लिएको बारेमा छानबिन गर्न राष्ट्रिय साना सहरी खानेपानी सरसफाइ उपभोक्ता महासङ्घमा उजुरी दिइएको कोहलपुर खानेपानी उपभोक्ता समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने, ‘शुल्कमा एकरूपता नभएको र दियालोले होस्टिङ चार्ज र नवीकरणको नाममा मनलाग्दी असुल्ने गरेको बारेमा छानबिन गर्न महासङ्घलाई अनुरोध गरेका छौँ ।’
दियालो टेक्नोलोजीजले बिलिङ सफ्टवेयर जडान गर्दा ३ लाख र वार्षिक ५० हजार नवीकरण शुल्क लिने गरेको छ । नेपालको ठुलो खानेपानी उपभोक्ता समिति मध्येको तुलसीपुर खानेपानी आयोजनाबाट दियालोले २८ लाख असुलेको आरोप छ । जिआईएस म्यापिङ गर्ने भनेर सो कम्पनीले ठुलो रकम असुलेको हो ।
दियालोलाई रकम बुझाउन समितिहरूले उपभोक्तासँग रकम लिने गरेका छन् । दियालोका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले उपभोक्ता समितिहरूसँग सम्झौता अनुसार रकम लिने गरेको बताए । उनले भने, ‘सुविधा अनुसार रकम लिने गरेका छौँ, उजुरी परेको विषय तपाईँले भनेपछि सुन्दै छु ।’
पाँच सय धारा भएको उपभोक्ता समितिसँग दियालोले सफ्टवेयर जडान बापत ४ लाख असुल्ने गरेको राष्ट्रिय साना सहरी खानेपानी सरसफाइ उपभोक्ता महासङ्घका एक जना सदस्यले रातोपाटीलाई बताए । नेपालमा ८२ प्रतिशत सर्वसाधारणले उपभोक्ता समितिमार्फत खानेपानी उपभोग गरिरहेको छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण